प्रधानमन्त्रीको शपथमा चार पूर्वप्रधानमन्त्री उपस्थित, ओली अनुपस्थित 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई सहभागी भएका हुन् ।

शपथको समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । त्यस्तै  नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि सहभागी भएका  छैनन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार