सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा  काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३५ वर्षीय भगवती खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा कमेण्ट गरी सार्वजनिक रूपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार