
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम फेला परेको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बम फेला परेको हो । बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी परिसरमा शंकास्पद वस्तु देखिएपछि उत्खनन् सुरु गरिएको थियो ।
उत्खनन् गर्दा शनिबार बिहान ११:२० बजेसम्मकाे समयमा कूल ८६ वटा बम फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल समेत भेटिएको जानकारी दिए ।
घटना सार्वजनिक भएपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन् । प्रारम्भिक चरणमा प्रहरी टोली खटिएपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको थियो । उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा सेना टोली घटनास्थल पुगेको थियो ।
पछि थप उत्खननका क्रममा थप १० वटा सकेट बम भेटिएपछि बम निष्क्रिय पार्न विशेष टोली झिकाइएको छ। दाङस्थित नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको र शनिबार बिहानदेखि विभिन्न गणका इन्जिनियर टोली घटनास्थलमा खटिएका छन् । हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण