
काठमाडौं । बजेट घोषणा अघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) जाँचपास भएको विषयलाई लिएर फैलाइएको अफवाह तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गरिएको चरित्र हत्या अभियानप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ।
मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रसुवागढी नाकामा भन्सार बिन्दुसम्म नपुगेका सवारीसाधनको जाँचपास भएको भनिएको विषयमा गठित छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाई भन्सार विभागमा तानिएको जानकारी दिएको छ। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, मुस्ताङस्थित कोरोला नाकाबाट जाँचपास भएका विद्युतीय सवारीसाधनसम्बन्धी विषयमा पनि स्थलगत छानबिन तीव्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमै खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा केही सवारीसाधन तथा आयातकर्ता कम्पनीमाथि भन्सार छलीको आशंकामा निगरानी र अनुसन्धान अघि बढाइएको मन्त्रालयले जनाएको छ। विस्तृत तथ्य र निष्कर्ष भने छानबिन प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।
मन्त्रालयले अनुसन्धान प्रक्रिया जारी रहँदै गर्दा अर्थमन्त्री तथा जिम्मेवार सरकारी अधिकारीहरूलाई लक्षित गरी भ्रामक प्रचार, मिडिया ट्रायल तथा बजेटलाई विवादमा तान्ने उद्देश्यले गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र आवश्यकताअनुसार अन्य व्यक्तिविरुद्ध पनि कानुनी कारबाही अघि बढाइने तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
साथै, मन्त्रालयले सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई सम्बन्धित विषयमा धारणा बनाउँदा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न तथा प्राविधिक विषयमा यथार्थ जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह