एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

काठमाडौं । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। २०८३ साल साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ।

अभियानका क्रममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनका ब्याट्री परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ब्याट्रीको हेल्थ तथा समग्र कार्यक्षमता जाँच गरी सवारीधनीहरूलाई आवश्यक जानकारी प्रदान गरिएको थियो। नेपालमै उत्पादित एस.टी.सी. राइड तथा एस.टी.सी. इनर्जी ब्रान्डका ब्याट्रीको प्रवद्र्धनसँगै ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा सवारीधनीहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया रहेको थियो।

अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रभावकारी सहभागितालाई मध्यनजर गर्दै एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन र सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो तथा प्रभावकारी समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया