
काठमाडौं । प्रेसिडेन्ट बिजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको आज एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशी र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गरे ।
सो अवसरमा बोर्डका सीइओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले बताए । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर भण्डारीले पारिवारिक वातावरणमा स्तरीय सेवा दिइरहेको जानकारी दिए । विसं २०६२ देखि हस्पिटालिटी सेवा सुरु गरेको ग्रुपले १८ वर्षमा काठमाडौँ, चितवन, बुटवललगायत क्षेत्रमा १५ आउटलेट विस्तार गरेको छ । स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना भन्ने अवधारणाका साथ लगानी विस्तार गरी स्तरीय सेवा दिने कम्पनीले उल्लेख गरेको छ ।
गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढङ्गले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताए ।
तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ । लुम्बिनी, चितवन हुँदै गन्तव्यमा जाने लक्ष्य छ । त्यसका लागि गैरआवासीय सङ्घले सम्झौता गरेको उनले जानकारी दिए । करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह