
रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ । पर्यटन प्रवर्धन र स्वरोजगारका लागि सञ्चालित डुङगाहरु आवश्यक कानुनी प्रक्रिया तथा अनूमतिबिनै सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको हो ।
स्पार्पूतालमा सुरुमा काठका र केही वर्ष पहिलादेखि आधुनिक डुङ्गा सञ्चालन हुँदैआएका थिए । चार वटा आधुनिक डुङ्गा सञ्चालनमा थिए । भदौ दोस्रो साताबाट एक वटा मोटर स्पिडबोटसमेत सञ्चालनमा आएको थियो । मोटरबोटले आवश्यक कानुनी प्रक्रिया तथा अनुमतिबिनै सञ्चालनमा आएको र यसले क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको थियो । बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकका अनुसार मोटरबोट सञ्चालनको अनुमति पर्यटन बोर्डबाट लिनुपर्ने हुन्छ । बोर्डले वातावरणीय अवस्था, प्रभाव तथा मोटरबोट परीक्षण गरेर मात्र सञ्चालनको अनुमति दिने जानकारी दिए ।
यसअघि नियमित सञ्चालनमा परम्परागत डुङगा सञ्चालनको लागि आवश्यक कार्यविधिको निर्माण हुन बाँकि रहेको उनले बताए । यसका लागि पालिकाले कार्यविधि तयार गरेर परम्परागत डुङ्गा सञ्चालनका लागि अनुमति दिन सक्छ । यसअघि गाउँपालिकाले मोटरबोट सञ्चालनको अनुमति दिएको थियो । उक्त कार्य पर्यटनबोर्डको क्षेत्राधिकार भएकोले गाउँपालिकाले उक्त अनुमति रद्द गरेको छ । त्यसयता मोटरबोटसहित अन्य परम्परागत डुङ्गाहरु बन्द छन् ।
सुन्दर स्यार्पूताललाई थप आकर्षक बनाउँदै पर्यटक तानिरहेका डुङ्गाहरु बन्द हुँदा यहाँ आउने पर्यटकहरुको सङ्ख्या घटेको छ । पर्यटकहरुले निराश हुँदै फर्किनुपरेको जनाएका छन् । डुङ्गा सञ्चालकहरुको व्यवसायमा प्रभाव परेको छ । दाङको घोराहीबाट घुम्न र स्यार्पूतालमा डुङ्गा चढ्न भनेर एक टिमका साथ आएका नारायण हमालले स्यार्पूमा डुङ्गा चढ्न नपाउँदा मन खल्लो भएको बताए । सुन्दर तालमा रमाउँदै बोटिङ गर्ने रहर अधुरै छोडेर फर्किनुपरेको उनको भनाइ छ ।
हमालजस्तै केही आन्तरिक पर्यटकहरु डुङ्गामा रमाउने शोख पूरा नगरी फर्कन बाध्य भएका छन् । चाडपर्वको बेला गाउँ फर्केकाहरु सुन्दर तालमा बोटिङ गर्न नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । स्यार्पूतालमा आधुनिक डुङ्गा सञ्चालन गर्दै आउनुभएका आदित्य मल्लले स्थानीय सरकारले चाँडै नै कार्यविधि बनाएर डुङ्गा सञ्चालनको अनुमति दिनुपर्ने बताए ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने