ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह

काठमाडौं । ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुनका लागि नेपाल शेर्पा संघले आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गरि मिटमा स्वतः स्फूर्त सहभागिताका लागि अपिल गरेको हो ।

‘आगामी ८ देखि १० अक्टोबर २०२६ सम्म भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, सोनादा तथा लाभा मा आयोजना हुन गइरहेको ग्लोबल शेर्पा मिट – २०२६ मा नेपाल शेर्पा संघ तथा नेपालभर रहेका शेर्पा किदुग, संघसंस्था एवं सामुदायिक संगठनहरूलाई सहभागीताका लागि विश्व शेर्पा संघ र अखिल भारतीय शेर्पा बौद्ध संघ बाट आधिकारिक निमन्त्रणा – पत्र नेपाल शेर्पा संघ, संघीय कार्यसमितिलाई प्राप्त भएको छ । विश्वका विभिन्न देश तथा क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई एउटै साझा मञ्चमा एकत्रित गर्दै आपसी एकता, ऐक्यबद्धता, सहकार्य र भाइचाराको सम्बन्धलाई सुदृढ बनाउने, साथै शेर्पा समुदायको साझा भाषा, संस्कृति, परम्परा, बौद्ध सम्पदा र पहिचानको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमलाई सफल बनाउन हामी सबैको सकारात्मक सोच, उर्जा र सहकार्य अनिबार्य छ,’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर