
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन् ।
बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान् पुडासैनीले बताए । गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ । बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ ।
बेवारिसे गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र छोडिएका गाईबाछाको उद्धारमात्र गरिरहेकोे छैन, माटो बचाउ अभियानलाई समेत योगदान पुर्याइरहेको छ । उच्चस्तरीय कम्पोष्ट मलको उत्पादन र बिक्री वितरण पनि गर्दै आइरहेको छ । यसका साथै गोेबरबाट गुइँठा उत्पादन गर्दै बिक्री वितरण गरिरहेको पनि उनले सुनाए ।
प्रतिगुइँठा १० को रु एक सय तथा मल प्रतिकेजी रु २५ मा बिक्री भइरहेको छ । यसबाट प्राप्त हुने रकमबाट गाईबाच्छाको संरक्षणमा थोरै भए पनि योगदान पुगेको स्थापनाकालदेखि गाई गोठको संयोजन गर्दै आउनुभएका अभियानकर्मी उत्तम पुडासैनीले बताए । अभियानले गुइँठा र कम्पोष्ट मलको आवश्यकता पर्नेलाई घरमै लगिदिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
गुइँठाको धुवाँले प्रकृति विनाश गर्दैन, डेङ्गीबाट बच्न र बचाउन घर परिसरमा गुइँठा बाल्नु उपयुक्त हुन्छ भने कौशीखेती वा करेसाबारीका लागि अग्र्यानिक मल प्रयोग गर्दा विषादीरहित अग्र्यानिक उत्पादन हुने गरेको जनाइएको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने