
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
स्थानीय बासिन्दाका लागि मिति २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ जनाले आवेदन दिएका थिए ।
कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते शुक्रबार नै सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाले १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ३ लाख ३ हजार ६७ कित्ता सेयर प्राप्त गरेका छन् । बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन् । बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने भोलि वैशाख ७ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ ।












समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु