काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिल गर्न पाउने गरि ७ लाख ३८ हजार ५०० कित्ता संस्थाप सेयर बिक्रीमा रोखको हो ।
कम्पनीका अनुसार सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ ।