
काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक सामान्य बढेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४ दशमलव ९८ अंकले घटेर बन्द भएको हो । कारोबार रकममा सुधार आएको दिन परिसूचक ४ दशमलव ९८ अंकले बढेर २७५३ दशमलव ७६ विन्दुमा पुगेको छ । दिनभरको उतारचढाब बीच सेयर बजार अन्तिममा झिनो अन्तरले बढेको हो । २७८७ विन्दुसम्म पुगेको बजारमा त्यस पछि भने करेक्सन देखिएको थियो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५ दशमलव ९१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी चार वटा उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन बिहीबार १० अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ११ अब ७२ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर १ लाख १३ हजार २५२ पटक खरिद बिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको सेयर कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह