
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.१२ प्रतिशतले नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नापा २ करोड ६० लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.२८ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.६१ प्रतिशत र सञ्चालन मुनाफा १९.१२ प्रतिशत घटेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ । १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना