
गोदावरी । कैलालीको चुरे गाउँपालिका–४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले व्यावसायिक रूपमा कृषि पेसामा आवद्ध १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।
केन्द्रका अनुसार ७० हजार रुपैयाँ मूल्य पर्ने मिनी टिलरको ३५ हजार रुपैयाँ अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ ।
चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्बर भूमिका रूपमा लिने गरिएको बताउँदै केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानलाई मिनी टिलर वितरणले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरे ।
उनले जोत्न प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको बताए ।
सूचना अधिकारी ओझाले भने, ‘एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खनजोत गर्दा कम लागत पर्ने र छिटोछरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौँ ।’ कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई मिनी ट्र्याक्टर उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा चिनिँदै आएकाले किसानलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सूचना अधिकारी ओझाले उल्लेख गरे । सोहीअनुसार मिनी ट्र्याक्टर उपलब्ध गराइएको उनको भनाइ छ ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज