
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वका मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो ।
नयाँ बोनसदर अनुसार बीमितले बीमालेखको किसिम र बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने भएका छन्। बोनसदर कम्पनीले सञ्चालनमा ल्याएको विभिन्न प्रकारका मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएको बीमालेखहरूमा समेत लागू हुने जनाएको छ ।
कम्पनीले सावधिक बीमालेख अन्तर्गतका ८ वटा बीमा योजनाहरूमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ भने सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनस दिने भएको छ। त्यसैगरी अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गतका २ वटा बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म र अन्य बीमालेख अन्तर्गतका बीमा योजनामा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस बीमितलाई दिने भएको छ ।
यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै अर्काे बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा समेत यही बोनसदर लागू हुने स्पष्ट पारेको छ।












समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?