
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र पुरोको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ २१ पैसा र बिक्रीदर १३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको सटही सोही दरमा भएको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७१ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ३० र बिक्रीदर १७३ रूपैयाँ ०७ पैसा कायम भएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ५७ र बिक्रीदर १७३ रूपैयाँ ३३ पैसा रहेको थियो ।
त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा निर्धारण गरेको छ । त्यस्तै क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ १४ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर ३५१ रूपैयाँ १९ पैसा, बिक्रीदर ३५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।











समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व