
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सिर्जना गरेको शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभामा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सिर्जना गरेकाले यसमा पुनः छलफल गर्नुपर्ने जिकिर गरेका छन् । उनले जग्गा तथा आवास विकास महासंघले देशको समृद्धि हासिलमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै कृषि उत्पादनका लागि जग्गाको वर्गीकरण गरेर उपयोग गर्नुपर्ने जानकारी दिए । उनले जग्गाको सही सदुपयोग गर्न नसके नेपालको जग्गा कंक्रिटको जंगलमा परिणत हुने बताए ।
अर्थमन्त्री पौडेलले रियल स्टेटको ब्रोकरलाई लाईसेन्स दिनुपर्ने जिकिर गर्दै ल्यान्ड पुलिङ गर्न पाउने अधिकार निजी क्षेत्रलाई पनि उपलब्ध गराउनु पर्ने दाबी गरे । निर्माण क्षेत्रको ऐन छिटो ल्याउनुपर्ने भन्दै उनले भने, ‘अहिले हदबन्दीको कुरा धेरै उठिरहेको छ । उनले हाल घर जग्गा कारोबारमा सङ्कुचन आएको बताए । ‘कानुनी संगठन गरेर मुलुकको घरजग्गा कारोबारमा देखिएको सङ्कुचनलाई अन्त्य गर्नुपर्नेमा सरकार लागेको छ ।’ उनले थपे ‘जग्गामा देखिएको समस्या समाधान गर्न तपाइँहरु मौन नबस्नु होस् ।
उनले यसले समाजलाई योगदान गरिसकेको छ । तर, अहिलेको परिस्थितिमा हदबन्दीलाई हुबहु राख्ने हो भने यस्ले आजको समस्या समाधान गर्न सक्दैन ।’ सरकारले जायज समस्या समाधान गर्छ । जग्गाको समस्या भनेको सरकार, मुलुक पनि समस्या हो ।’













समाचार
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी