
काठमाडौं । सोमबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ४९ अंकभन्दा बढीले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १२ अंकले बढेको हो । आजको सेयर बजार कारोबार बन्द हुँदा अघिल्लो दिनको भन्दा १.८९ प्रतिशतले वृद्धि भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६४० दशमलव ६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६९ अंकले बढेर ४४९ दशमलव ५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोड माथिको कारोबार भएको बजारमा आज ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजमारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ७५ हजार ५४० पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । आज सेयर बजारमा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै