
खाँदबारी । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माविको आज हिरक महोत्सवको उद्घाटन गर्नु हुँदै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ।
कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले उहाँले बताउनुभयो । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उहाँले बताए ।
यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलव पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथाङ्का सडकको दुरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै