
काठमाडौं । महानगर यातायात प्रा. लि. को तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । तेस्रो अधिबेशन तथा ९ औँ साधारणसभाबाट खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केसव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन् । साथै, उनले महानगर यातायात प्रा। लि। लाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे ।
‘महानगर यातायातलाई सम्पूर्ण नेपालीको आफ्नै यातायात बनाउने अभियानको नेतृत्व गर्दा खुसीभन्दा बढी जिम्मेवारीको अनुभव गरिरहेको छु,’ खतिवडाले भने । महानगर यातायात निजी सार्वजनिक यातायातको अग्रणी कम्पनी हो, जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्। काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यस यातायातले केही दिनअघि मात्रै थानकोटदेखि धुलिखेलसम्म सेवा विस्तार गरेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो