
रुकुमपश्चिम । मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिए ।
उनकाअनुसार मह प्रतिकिलो रु एक हजारदेखि एक हजार दुई सय सयसम्म बिक्री हुने गरेको छ । सबैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेको छ । सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको छ । जिल्लाभर एक सय ५० देखि दुई सय किसानले मौरीपालन गर्दै आएका छन् । केही किसानले घरका लागि मात्र प्रयोग हुने मह उत्पादन गरे पनि एक सय ५० बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलङ्गा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज काठमाडौँसम्म मह बिक्री हुने गरेको छ । सिजनमा मह बिक्रीबाट प्रत्येक किसानले रु पाँच हजारदेखि तीन लाखसम्मसम्म आम्दानी गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै