
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य फेरि बढ्न थालेको छ । यो साता पनि गत साताको जस्तै सुनचाँदीको मूल्य बढेको हो ।
यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो । साताको पहिलो दिन, सुन तोलामा १ लाख ६८ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । त्यसपछि, सोमबार र मंगलबार लगातार बढेर १ लाख ७० हजार २०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुुनको मूल्यमा भारी गिरावट देखियो । त्यस दिन सुन प्रतितोला १ लाख ६७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुन सस्तिएर तोलाको १ लाख ६९ हजार ८०० रूपैयाँमा कारोबार भयो । यसरी, सुनको मुल्य उतार चढावसँगै साताको पछिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार २०० रूपैयाँ पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य साताको पहिलो दिनको तुलनामा २ हजार रूपैयाँ बढी हो ।
यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि १० रुपैयाँले महंगिएको छ । आइतबार चाँदी तोलाको १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ९७५ रूपैयाँ पुग्यो । त्यसपछि भने चाँदी निरन्तर घटेर बुधबार प्रतितोला १ हजार ९३० रूपैयाँमा झर्याे । बिहीबार चाँदी प्रतितोला १ हजार ९६५ रूपौयँमा किनबेच भएको थियो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ९७० रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा १० रूपैयाँले बढेको हो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह