
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्रको नाफामा उल्लेख वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा करिब ३७ प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्मको अवधिमा ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ३६.८८ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो नाफा ३४ करोड २ लाख रूपैयाँ रहेको थियो ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ७३ करोड रूपैयाँबाट २७.१८ प्रतिशतले वृद्धि भएर करीब ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ ।
त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि २६.५३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल आम्दानी ३ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ४ अर्ब ७६ करोड नाघेको छ भने कुल खर्च ३ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ३१ करोड रूपैयाँ नाघेको छ ।
४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २० करोड ७९ लाख रूपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चिति रहेको छ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान