
काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६७८ दशमलव ४७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४४ प्रतिशत अर्थात ६५ दशमलव २७ अंक बढेर २७४३ दशमलव ७४ विन्दुमा पुगेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ८.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५४ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ ।
गत साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.९० प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या २०.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २२.४६ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण २.४४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । १३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ । गत साता २०८८ दशमलव २२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १५१ दशमलव २३ अंक बढेर २२३९ दशमलव ४५ विन्दुमा पुगेको छ ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३,०१९ मा अन्तिम कारोबार भएको यस उपसमूहको परिसूचक, यस साता ७२२ दशमलव ८२ अंक बढेर १३७४२ दशमलव २७ विन्दुमा पुगेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ । गत साता ५७९१.४५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०७ दशमलव १४ अंक घटेर ५६८४ दशमलव ३१ विन्दुमा झरेको छ ।












समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि