
बैतडी । महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने भएको हो ।
मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने जनाइएको छ । त्यसैगरी, पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए । किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।
मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउलगायत कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व