
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् ।
करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बनेका हुन् । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् । ‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ’, विष्टले भने ।
जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुन् विष्ट । उनी आफ्नै १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन् । तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थलेका हुन् । दैनिक हजारौं युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौं भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।
अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उनले स्ट्रेबरीखेतीका लागि करिब ३० लाख रुपैयाँ लगानी गरेका छन् ।
गत वर्ष सबै खर्च कटाएर ३० लाख रुपैयाँ बचत गरेका छन् । उनी यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा हुनुहुन्छ । विष्टले हाल स्ट्रेबरी मात्र लगाउनुभएको छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहेका छन् । हाल उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उनले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको बताए । ‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन’, उनले गुनासो गरे ।
विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन् । उनले भने, ‘अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु ।’ साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहेको सुनाए । उनको अनुभवमा स्ट्रेबरी आफैंमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।
विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिनुभएको छ, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उनले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरूवा रोप्नुभएको हो । उनले भने, ‘स्ट्रबेरीको बिरूवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरूवा उत्पादन थालेको छु ।’ उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए । उनले गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेका थिए।
दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उनले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उनको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् । विष्टले भने, ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु ।’
विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । विष्ट भने, ‘देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरूवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।’ प्रतिबिरुवा रु २५ देखि रु ३० सम्ममा बिक्री हुने गरेको विष्ट बताए।
विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ–नयाँ काम सु्रु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताए । ‘सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्यो, अहिले त्यस्तो छैन’, विष्टले भने । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाए ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू