
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएका छन् । आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनिले जानकारी दिएको छ । ४८–महिनाको फ्ल्युएन्सी सर्टिफिकेसनसहित रियलमीले स्मूथ कार्यक्षमता सुनिश्चित गर्नेछ ।
अतुलनीय टिकाउपन आर्मरशेल प्रोटेक्सनसहित
रियलमी नोट ६० र रियलमी नोट ६० एक्स मा ८ प्रकारका प्रोटेक्सन प्रविधिहरू समावेश छन् जसमा मेटल, फोम र सिलिकन सामग्रीहरूको प्रयोग गरिएका छन् । रियलमी नोट ६० मा आईपी ६४ रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स सुविधा पनि रहेको छ भने रियलमी नोट ६० एक्सले आईपी ५४ प्रमाणपत्र पाएको छ जसले अनपेक्षित दुर्घटनाबाट फोनलाई सुरक्षित राख्छ ।
अत्याधिक सहनशीलता र गुणस्तरीय परीक्षण
यी स्मार्टफोनहरू ३२० भन्दा बढी कडा गुणस्तरीय परीक्षणहरू पार गर्दै बनेको कम्पनीले जनाएको छ । १० लाख पटक बटन प्रेस परीक्षण, ४० हजार पटक यूएसबी प्लग इन र अनप्लग परीक्षण, २१ दिनसम्म उच्च तापक्रम (६५ डिग्री सेल्सियस) परीक्षण र १४,००० पटक माइक्रो ड्रप परीक्षण सहितका टियुभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणपत्रद्वारा यी स्मार्टफोनहरु प्रमाणित गरिएका छन् ।
शक्तिशाली ब्याट्री
५००० एमएएचको शक्तिशाली ब्याट्री सहित दुबै स्मार्टफोनहरूले लामो समयसम्म पावर प्रदान गर्छन् । रियलमी नोट ६० मा ३२ घण्टासम्मको भ्वाइस कल टाइम र रियलमी नोट ६० एक्समा ४८ दिनसम्मको स्ट्यान्डबाइ मोडको क्षमता रहेको छ । १००० पटकको चार्ज साइकल पूरा गरेपछि पनि ब्याट्रीको हेल्थ ८०% कायम रहने कम्पनीको दाबी छ । स्ट्रीमिङ, गेमिङ वा मल्टीटास्किङमा पनि रियलमी नोट ६० र रियलमी नोट ६० एक्स लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
शक्तिशाली प्रोसेसर र सहज भिजुअल अनुभव
यी दुबै स्मार्टफोनहरू शक्तिशाली यूनिसोक टी ६१२ चिपसेटद्वारा सञ्चालित छन् जसले २,५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर हासिल गरेका छन् । रियलमी नोट ६० मा ३२ मेगापिक्सेल सुपर क्लियर क्यामेरा रहेको छ जसले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । रियलमी नोट ६० एक्स मा ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ जसले स्मूथ र भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर