
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लुको खोलामा सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार राति करिब ९ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग ठप्प भएको हो। पहिरोका कारण तल्लो डुङ्गेश्वरबाट कालिकोटतर्फ जाँदै गरेका पाँच र कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका ३० गरी कम्तीमा ३५ वटा सवारीसाधन तथा यात्रुहरू बाटोमै रोकिएका छन्।
पहिरो खसेलगत्तै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनुका साथै यात्रु तथा सवारीसाधनको सहजीकरण गरिरहेको जनाएको छ।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय गरी एक्सकाभेटर तयारी अवस्थामा राखिएको भए पनि माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक खुलाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुरक्षाको अवस्था अनुकूल भए बुधबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरी राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ।












समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब