
काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ । केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो ।
अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पासभएसँगै सबै उमेरका दर्शकलाई लक्षित फिल्म निर्माण गरेको बताए । यस फिल्मका अभिनेत्री विपना थापा, अर्का अभिनेता प्रदीप रावत भारतबाट प्रचारप्रसारका लागि नेपालमै छन् । उनीहरु आफ्नो फिल्म प्रचारलाई जतिसक्दो जनमानसमा पुर्याउने चेष्टा गरिरहेका छन् । नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त पनि उतिकै जोडतोडका साथ लागेका देखिन्छन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् ।













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु