
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् । सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा आज आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा उनले यस क्षेत्रको व्यवसायीकरण तथा विकासले रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याउने बताएका हुन् ।
गुणस्तरीय फिल्म, नीतिगत सुधार, पूर्वाधार विकासले नै चलचित्र उद्योगलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने बताउँदै मन्त्री सिन्हाले यस क्षेत्रमा रहेका विकृतिहरूको अन्तः गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने र दर्शकहरूलाई हलसम्म ल्याउने वातावरण चलचित्र व्यावसायीले बनाउनुपर्ने उल्लेख गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि समयसापेक्ष नयाँ नीति र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सो अवसरमा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई ‘पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक