काठमाडौं । कुनै पनि पेशामा एक मनका साथ लाग्यो भने त्यसमा सफलता अवश्य पनि मिल्छ । सफलता हासिल गर्नका लागि मासिलाई कुनै पनि उमेरले वा अवस्था छेक्दैन भन्ने उदाहरण हुनुहुन्छ चुङ्वा शेर्पा । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ चौरीखर्कमा जन्मनु भएका शेर्पाले ५७ वर्षको उमेरमा फोटोग्राफिमा लागेर आफूलाई विश्वसामु चिनाउनु भएको छ । सानै देखि पर्यटन व्यवसायमा लाग्नु भएका शेर्पाले आफ्नो जिम्मेवारी पुरा गरे पछि फोटोग्राफि क्षेत्रमा लाग्नु भयो । त्यो पनि निकै चुनौतिपूर्ण वाइल्डाइफ फोटोग्राफर । ५७ वर्षको उमेर भनेको आफैँमा आराम गर्नु पर्ने समय हो । नेपाल सरकारको कर्मचारीको कुरा गर्दा ५८ वर्षको उमेरमा सेवाबाट विदा दिइन्छ । अझ सरकारले ६८ वर्षको उमेरमा जेष्ठ नागरिले काम गर्न सक्दैनन भनेर भत्ता दिने व्यवस्था नै गरेको छ ।
तर, यी सबै कुराले चुङ्वा शेर्पालाई छुँदैन । उहाँ अहिले ६४ वर्षको पुग्नु भयो । तर उहाँले आफ्नो क्षेत्रमा निरन्तर रुपमा काम गरिरहनु भएको छ । यो उमेरमा पनि उहाँले जोखिमपूर्ण क्षेत्रमा गएर फोटो खिच्ने र विश्वसामु नेपाललाई चिनाउने काम गरिरहनु भएको छ । सानै देखि फोटोग्राफिमा रुची राख्ने शेर्पाले आफ्ना सन्तानलाई शिक्षा दिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाए पछि यो क्षेत्रमा पूर्ण रुपमा लागेको बताउनु हुन्छ ।
पर्यटन र होटल व्यवसायको ३५ वर्षको यात्रा
खुम्बु क्षेत्रमा पर्यटक धेरै आउने भएकाले उहाँले सानै देखि यहि पेशालाई अंगाल्नु भयो । खुम्बुमा उहाँको होटल अहिले पनि छ । उहाँले त्यो होटलमा ३५ वर्ष काम गरेर आफ्ना छोराछोरीलाई आत्मनिर्भर बनाउनु समेत बनाउनु भयो । जब सबै छोराछोरी आफ्नो क्षेत्रमा लागे त्यस पछि भने उहाँ नेपालका राष्ट्रिय निकुञ्जहरुमा घुम्न थाल्नु भयो । त्यो पनि विश्वसामु नेपालमा पनि राम्रो फोटो खिच्ने मान्छ छ है भनेर चिनाउनका लागि । जसमा उहाँ सफल हुनुहुन्छ ।
उहाँको वाल्यकाल र युवा उमेर खुम्बु क्षेत्रमा नै बित्यो । जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा हरेको छ । त्यो क्षेत्रमा पर्यटकहरु निकै आउँछन् । यहाँको जीवन यापनको माध्यम पनि त्यही भयो । उहाँले प्राथमिक शिक्षा त्यहीबाट हासिल गर्नु भयो । उहाँ जन्मेको स्थानमा विद्यालय नभएकाले उहाँले कक्षा ४ पछि अध्ययनका लागि खुम्बुजङ जानु प¥यो । त्यहाँ उहाँले निम्न माध्यामिक तहको अध्ययन गर्नु भयो ।
उहाँले सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ हिलारी विमान स्थलमा विभिन्न विमान कम्पनीको स्टेश्न म्यानेजर भएर पनि काम गर्नु भयो । त्यही समयमा उहाँले त्यहाँ होटल पनि स्थापन गर्नु भयो । त्यहाँ उहाँले ४० वर्ष होटल व्यवसाय चलाउनु भयो । विमानस्थलमा उहाँले ३५ वर्ष काम गर्नु भयो । अहिले उहाँको त्यो होटल छोराले व्यवस्थापन गर्दै आउनु भएको छ ।
बुबा निमतेन्जी शेर्पा र आमा पेमायङ्जी शेर्पाका कोखबाट आजभन्दा ६४ वर्ष पहिले जन्मीनु भएका शेर्पाका एक दाजु र तीन दिदी हुनुहन्छ । जब शेर्पाले फोटोग्राफि गर्न थाल्नु भयो त्यस पछि भने उहाँको बसाइ काठमाडौंमा हुन थाल्यो । उहाँ अहिले ७÷८ वर्ष देखि काठमाडौंमा नै बस्दै आउनु भएको छ । उहाँको उमेर ५ वर्षको मात्रै हुँदा आमाको मृत्यु भयो । सानै उनमेरमा मातृत्वबाट बञ्चित हुनु भएका शेर्पालाई १९ वर्षको उमेरमा अर्को विपत आइलाग्यो । उहाँ १९ वर्षको हुँदा बुबाले पनि उहाँलाई छोडेर जानु भयो । उहाँको उमेर १८ वर्षको हुँदा विबाह भयो । बुबाको मृत्यु हुँदा दाई छुटै सकेको र दुई दीदीको विवाह भइसकेको थियो । उहाँले घरको जिम्मेवारी लिनु पर्ने थियो । उहाँका २ जना छोरा र ३ छोरीहरु हुनुहुन्छ । उहाँहरु पनि सबै आफ्नो क्षेत्रमा सफल नै हुनुहुन्छ ।
ग्रामिण गाउँको जीवन
समुन्द्र सतहदेखि २७००/२८०० उचाइमा उहाँको जन्म भएको थियो । त्यो क्षेत्रमा धेरै खेती हुँदैन थियो । त्यहाँ आलु, बाफर, जौँ, सिमी लगायत खेती हुने गरेको थियो । उहाँहरुले पनि त्यही खेती गर्नु हुन्थ्यो । उहाँ पर्यटन व्यवसायमा लाग्दा होटल लज निकै थोरै रहेका थिए । उहाँले खुम्बु क्षेत्रमा होटल खरिद गरे पर्यटकलाई लक्षित गरेर आफ्नो व्यवसाय सुरु गर्नु भयो । त्यो समयमा राम्रा होटल नभएकाले उहाँको व्यवसाय राम्रो भयो । त्यो समयमा उहाँको होटल धेरै बुकिङ हुने होटलमा पर्ने गथ्र्यो । जहाँबाट उहाँको जीवन चल्थ्यो । त्यो समयमा उहाँको होटल निकै राम्रो सेवा सुविधा भएको होटल थियो ।
अहिलेको तुलनामा त्यो समयमा निकै थोरै पर्यटक आउने गरेको उहाँको अनुभव छ । तर त्यो समयका लागि भने त्यो संख्या निकै ठूलो नै मानिन्थ्यो । त्यो समयमा लुक्लामा जाने विमानको संख्या निकै कम भएकाले टिकटको निकै समस्या हुने उहाँले सुनाउनु भयो । त्यो समयमा अहिलेको जस्तो नेपाल आउने पर्यटकले आफ्नो इच्छा पुरा गर्न सक्ने अवस्था थिएन् । अहिले भने सहज रुपमा पर्यटकहरु खुम्बु क्षेत्र जान सक्ने अवस्था छ । अहिले खुम्बुको नजिकै सम्म सडक पनि पुगेको छ । अर्को तर्फ विमान पनि धेरै छन् । पर्यटकहरु अहिले ६–७ घण्टा हिड्दा खुम्बु जाने सक्ने र खुम्बुबाट गाडि भएको ठाउँसम्म आउन सक्ने अवस्था छ ।
उहाँले २४ वर्षको उमेरदेखि होटल व्यवसाय गर्न थाल्नु भयो । त्यो बेलामा घर परिवारका सदस्यहरुलाई समेटेर उहाँले होटल सञ्चालन गर्नु भएको थियो । केही कामदार राखे पनि धेरै परिवारका सदस्यहरुनै हुनुहुन्थ्यो । उहाँले जसरी हुन्छ पर्यटकलाई सेवा सुविधा दिने काम गरिरहनु भयो । ‘मेरो होटल सञ्चालन गर्दा कुकहरु पनि ट्रेडिङ गरेकाहरु नै थिए । वेयटहरु पनि तालिम प्राप्त थिए । कोठाहरु पनि राम्रा थिए । त्यो बेलामा एटेच बाथरुम भएको रुम बनाएको थियो । त्यो समय उहाँको होटलमा एटेज र सामान्य गरी ४० वटा रुम थिए,’ उहाँले सुनाउनु भयो । त्यो समयमा विदेशीहरु पनि कमन रुममा समेत बस्ने गरेको थिए । अहिले भने एटएच रुपमा खोज्ने चलन बढेको छ । त्यो समयमा अप्सन पनि थिएन् । तर अहिले भने निकै राम्रा होटलहरु पनि खुम्बुमा बनिसकेका छन् ।
पर्यटन व्यवसाय गर्दै गर्दा छाराछोरीलाई शिक्षा दीक्षा दिए पछि फोटोग्राफिमा लागेको उहाँले सुनाउनु भयो । ‘सानै देखिको रुचीको विषय भए पनि छोराछोरी हुर्किए पछि मात्रै यो क्षेत्रमा लागेँ,’ उहाँले भन्नु भयो, ‘५७ वर्षको उमेरमा म फोटोग्राफि क्षेत्रमा लागेँ । कमाउने भन्दा पनि आफ्नो रुचीलाई पुरा गर्नका लागि यो क्षेत्रमा लागेँ । ग्याजेटहरु किनेर सुरु गरेर अहिले वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएको छु ।’ वाइल्डलाइफ फोटोग्राफीमा प्यासन भएर लागेको उहाँको भनाइ छ । आफूले चुनौति देखेरे नै यो क्षेत्रलाई रोजेर आफ्नो रुचीलाई पुरा गरेको उहाँको भनाइ छ । उहाँले यो क्षेत्रलाई अंगालेर नेपालका हिमाल, पहाड र तराइमा रहेका दुर्लभ जनावर तथा स्थानहरुका बारेमा विश्वलाई चिनाउनु भएको छ । यो क्षेत्रका बारेमा अध्ययन गरेर नै आफू यो अवस्थामा आइपुगेको उहाँको भनाइ छ । विश्वलाई नेपालमा पनि वाइल्डलाइफ फोटोग्राफर छ भनेर चिनाउनका लागि लागिपरेको उहाँले सुनाउनु भयो । बन्यजन्तुको फोटोहरु धेरै कम क्षेत्रमा प्रयोग गरिन्छ । तर उहाँले त्यही क्षेत्रलाई आफ्नै खर्चमा अघि बढाइरहनु भएको छ ।
नेपालमा बन्यजन्तुको फोटो प्रयोग गर्नु पर्दा विदेशीले खिचेका फोटो प्रयोग गर्ने गरेको देखे पछि उहाँको मनमा आफ्नै देशको लागि केही गर्नु पर्छ भन्ने हुटहुटी पलायो । जसले उहाँलाई अहिले नेपालमा मात्रै होइन विश्वमा नै चिनाइरहेको छ । उहाँले खिचेका फोटाहरु अहिले विश्वका विभिन्न मुलुका विभिन्न निकायले प्रयोग गर्ने गरेका छन् । ‘नेपाल सरकारलाई दिनका लागि र पर्यटन क्षेत्रमा सहयोग पुग्ने गरि काम गर्न यो क्षेत्रमा आएको हुँ,’ उहाँले भन्नु भयो ।
यो निकै महंगो क्षेत्र हो । यो क्षेत्रबाट कमाउने भन्दा धेरै खर्च हुन्छ । तर उहाँले यही चुनौतिपूर्ण क्षेत्रमा लागेर सफलता पाउनु भयो । नेपालमा अहिले पनि ठूलो लेन्स बोकेर फोटो खिच्नेहरु २५ जना जति रहेको उहाँ सुनाउनु हन्छ । त्यो पनि उनीहरु उपत्यका, चितवन र बर्दिया क्षेत्रमा मात्रै केन्द्रित रहेका छन् । त्यहाँ भन्दा बाहिरका क्षेत्रमा गएर काम गर्नेको संख्या निकै कम छ । नेपालमा भएका हिउँ चितुवा, जंगली याक लगायत बन्यजन्तुको विषयमा विश्वलाई जानकारी दिनका लागि पनि आफूले यो क्षेत्रलाई अंगालेको उहाँको भनाइ छ । घोरल, थार, रेड पाण्डा, हात्ति, गैडा, जरायो, बाघ लगायत जनावरहरु नेपालमा पाइन्छन् । यी सबै क्षेत्रमा पाइन जनावरको फोटो खिच्नका लागि निकै चुनौतिपूर्ण हुन्छ । त्यो क्षेत्रमा खानका लागि आवश्य पर्ने सामग्री समेत सबै आफैले बोकेर जानु पर्छ । त्यस्तै जनावर कति बेला आउँछ भनेर निकै लामो समयसम्म कुरेर बस्नु पर्ने हुन्छ । लामो पर्खाइ पछि जनावर आएमा त ठिकै भयो आएन भने फेरि अर्को पटकका लागि योजना बनाउनु पर्ने हुन्छ । जंगली जनावर आफैमा खतरा, तर त्यही खतारामा ६४ वर्षको उमेरमा पनि हाम्रो शरिरलाई सन्तुलनमा राखेर फोटो खिच्नु कुनै चानचुने कुरा भने होइन ।
आफूले यो क्षेत्रबाट राज्यलाई चिनाउनु आफ्नो मुख्य उद्देश्य रहेको उहाँ बताउनु हुन्छ । विदेशीहरुले पनि अहिले उहाँले खिचेका फोटाहरु मागेर प्रयोग गर्छन् । भारतका धेरै क्षेत्रमा उहाँका फोटोहरु प्रयाग गरिएको छ । उहाँका लागि क्यामेरा चलाउनु नौलो कुरा थिएन् । २४ वर्षको उमेरदेखिनै क्यामरा चलाउनु थाल्नु भएको थियो । सामान्य ज्ञान लिइरहनु भएका शेर्पाले त्यस पछि अनलाइनबाट कक्षाहरु पनि लिनु भयो । जसले उहाँलाई फोटोग्राफिका लागि थप सहयोग पुग्यो । पहिले पनि फोटो खिच्ने शेर्पाले ५७ वर्षको उमेर पछि घरको काम छोडेर यो क्षेत्रमा लाग्नु भयो । उहाँलाई यो क्षेत्रमा लाग्नका लागि कसैको सहयोग छैन । उहाँले आफ्नै खर्चमा यो क्षेत्रलाई अघि बढाइरहनु भएको छ ।
पहिलो पटक नगरकोटमा चराको फोटो
उहाँले पहिलो पटक नगरकोटमा गएर एउटा चराको फोटो खिच्नु भएको थियो । त्यो निकै राम्रो आयो । बर्डकन्जभेसन नेपालले प्रशासन गरेको क्यालेण्डहरुमा त्यो फोटो प्रयोग पनि भयो । उपत्यका बाहिर भने उहाँले पहिलो पटक बर्दिया राष्ट्रिय निकुञ्जमा गएर फोटो खिच्नु भएको थियो । त्यो आज भन्दा ७ वर्ष पहिले थियो । यो अवधिमा उहाँ सगरमाथा राष्ट्रिय निकुञ्जमा ६–७ पटक पुगिसक्नु भएको छ । मनाङ पनि उहाँ २ पटक पुग्नु भयो । उहाँ यहि असोजको ५ गते तेस्रो पटक मनाङको यात्रामा जाँदै हुनुहुन्छ । उहाँ त्यहाँ हिउँ चितुवाको फोटो खिच्ने लक्ष्यका साथ जाँदै हुनुहुन्छ । सन् २०१९ मा त्यहाँ गएर हिउँ चितुवाको फोटो खिचिसक्नु भएको छ । जुन निकै चर्चित भएको थियो ।
उहाँ पुगेको ठाउँबाट सफलता मिल्छ नै भन्ने छैन् । कति पटक एउटै कामका लागि दोहो¥याएर पनि जानु पर्ने हुन्छ । महिनौ लगाएर पनि काम गर्नु पर्ने हुन्छ । एउटा मिसनका साथ गएर त्यो पुरा गर्नका लागि निकै खर्च हुन्छ । उहाँले हुम्लाको ५ हजार मिटरभन्दा माथिको लाप्चा पासमा जंगली याकको फोटो खिच्नका लागि २ रात बिताउनु भयो । तर त्यहाँ जंगली याकको फोटो खिच्नमा भने सफलता मिलेन । त्यस पछि उहाँ त्यहाँ भन्दा ३०० मिटर तल शाक्या खोलामा ५ रात ट्रेन्टमा बसेर जंगली याकको फोटा खिच्न सफल हुनु भयो । जुन समुन्द्र सतह देखि ४ हजार ८०० मिटरको उचाइको क्षेत्र हो ।
कतिपय अवस्थामा विहान गए पछि राती फर्कीनु पर्ने वा त्यही टेन्ट राखेर बस्नु पर्ने अवस्था पनि उहाँले सामना गर्नु भयो । उहाँ फोटो खिच्नकै लागि देशका ५५ जिल्ला पुगिसक्नु भएको छ । उहाँ यो अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ३५ पटक पुग्नु भयो । त्यस्तै बर्दिया १६ पटक, सुक्लाफाँटा १५ पटक, लुम्बुनी, इलाम, बाँके निकुन्जमा पनि उहाँ धेरै पटक पुगिसक्नु भयो फोटो खिच्नकै लागि । त्यस्तै उहाँ कोशीटप्पु, लाङटाङ क्षेत्रमा पनि फोटोग्राफिको लागि धेरै पटक पुगिसक्नु भयो । एक पटक गएर सफलता हात नपर्न पनि सक्छ । धेरै पटक जानु पर्छ । बस्नु पर्छ । कतिबेला जनावर आउँछ भनेर कुरेर बस्नु पर्छ ।
उहाँ पानी पर्ने समय बाहेक अरु समयमा नेपालका निकुञ्जहरुमा नै घुमिरहनु हुन्छ । पानी पर्ने मौसममा मात्रै उहाँ काठमाडौंमा हुनु हुन्छ । यसरी हेर्दा उहाँ पानी पर्ने समयमा नै आराम गर्नु हुन्छ । उहाँले रोजेको यो निकै खतरा भएको क्षेत्र हो । बाहिरबाट हेर्दा फोटो खिच्ने भन्ने मात्रै होला तर, जंगलमा गएर महिनौ बस्दाको पिडा उहालाई मात्रै थाहा छ । फोटो खिच्ने क्रममा धेरै पटक खतराको सामना शेर्पाले गर्नु भयो । उहाँको जंगली हात्तिसँग ३ पटक जम्काभेट भएको छ । उहाँको गाडीमा सुड हाले हालेर गयो । उहाँले त्यसको फोटो खिचिरहनु भयो । हात्तिले धेरै जसो गाडीलाई ड्यामेज गराउँछ । तर उहाँको गाडीलाई भने हात्तिले केही पनि गरेन र फर्कियो । उहाँ त्यसलाई भाग्यले साथ दिएको भन्नु हुन्छ ।
जनावरसँगको जम्काभेट
उहाँ बाघको फोटो खिच्नका लागि शुक्लाफाटाँमा पुग्नु भयो । तर, डेढ महिना बस्दा पनि बाघ उच्चस्तरीय फोटो खिच्न भने सक्नु भएन् । एशियाको सबै भन्दा राम्रो बाघको फोटोका रुपमा देखाउन सकिन्छ कि भनेर उहाँ त्यहाँ पुग्नु भएको थियो । कुनै पनि व्यक्तिलाई एकै ठाउँमा लामो समय बस्दा निकै असहज हुन्छ । तर उहाँ विहानदेखि साँझसम्म नै एकै ठाउँमा बसेर फोटोको लागि प्रयास गर्नु हुन्छ । जुन आफैमा निकै कठीन काम हो ।
शुल्काफाँटामा बाघको फोटो खिच्नका लागि टेन्ट लागएर बसेको समयमा उहाँलाई हात्तीले लखेटेको पनि छ । उहाँको ट्रेन्टलाई हात्तीले ७ टुक्रा बनायो । भागेर बाँच्नु भयो । पछि त्यहाँ गरेर उहाँले सरसफाइ गरेर आफ्नो काममा निरन्तर रुपमा लागि रहनु भयो । उहाँको ९९० डलर पर्ने ट्राइपट पनि हात्तीले भाँचिदियो । उहाँको अर्को ट्राइपट पनि हात्तिले भाँचिदियो । जसको मूल्य ४०० अमेरिकी डलर थियो । कुकिङ गेयर लगायत फोटो खिच्नका लागि प्रयोग गरिने सामग्री पनि हात्तिले नष्ट ग¥यो । तर पनि उहाँले यो क्षेमामा लागेर जनावरको फोटो खिच्ने क्रममलाई भने निरन्तर रुपमा जारी नै राख्नु भएको छ ।
उहाँको बाघसँग सुक्लाफाँटामा जम्का भेट भयो । गैँडासँग पनि जम्का भेट भयो । गैँडाबाट जोगिनका लागि सानो रुख भए पनि पुग्ने भएकाले त्यति खतरा नहुने उहाँ सुनाउनु हुन्छ । तर रुख भने आवश्यक पर्छ गैडाबाट जोगिनका लागि र जंगली याक भने निकै आक्रामक जनावार हो । त्यो क्षेत्रमा फाटो खिच्न जाँदा निकै जोखिम हुन्छ । त्यो क्षेत्रमा जंगली याकले आक्रमण समेन गर्छ । उहाँलाई लिमि भ्यालीमा जंगली याकले आक्रमण समेत गर्न आयो । त्यस्तो जोखिमबाट पनि उहाँ बाँचेर आउन सफल हुनु भयो । यस्तो जोखिमहरु उहाँको क्षेत्रमा आइनै रहन्छ । त्यसबाट जोगिएर फोटो खिच्नु आफैमा निकै चुनौतिपूर्ण हुन्छ ।
जति गारो भए पनि काम सफल भए पछि सबै दुःख विर्सिने उहाँले सुनाउनु भयो । कतिपटक भने लामो समयसम्म बस्दा पनि रित्तो हात फर्किनु पर्ने पनि हुन्छ । लिमि भ्यालिको फोटो खिच्नका लागि हेलिकप्टर प्रयोग गरेर जाँदा पनि उहाँलाई १३ दिन लागेको थियो । त्यो क्षेत्रमा जाँदा खाद्यान्न लगायत आफूलाई आवश्यक पर्ने सामग्रीहरु सबै साथमा बोकेर जानु पर्ने हुन्छ । क्यामेराको ब्याट्रि चार्ज गर्नका लागि इन्भटर, सोलार र ब्याट्रिको आवश्यकता पर्छ । त्यो पनि आफैले बोकेर जानु पर्छ । साथै उच्च हिमाली क्षेत्रमा टेलिफोनले काम नगर्ने भएकाले स्याटलाइट फोन बोकेर जानु पर्छ । आफ्नो मिसन सकिए पछि त्यही स्याटलाइट फोनबाट खबर गरेर फर्किनु पर्ने हुन्छ ।
कन्जनजंगा जाँदा पनि उहाँ रित्तो हात फर्किनु परेको थियो । उहाँलाई त्यहाँको मिसन पुरा गर्नका लागि २२ दिन लागेको थियो । त्यहाँ हिउँ चितुवाका लागि गए पनि उहाँलाई सफलता मिलेन । त्यहाँबाट उहाँ रित्तो हात फर्किनु परेको थियो । उहाँ फेरि त्यहाँ जाने योजनामा हुनुहुन्छ ।
उहाँ इलाम र लाङटाङ पुग्नु भयो । रेड पाण्डाको उच्चस्तिरिय फोटो खिच्नका लागि इलाम मात्रै उहाँ पाँच पटक पुग्नु भयो । उहाँले त्यहाँ खिचेको रेड पाण्डाको फोटो क्यानन एसियाले फिचर समेत गरेको थियो ।
उहाँले फोटो खिच्नका लागि क्यानोनका सामग्रीहरु प्रयोग गर्नु हुन्छ । ति सामानहरु उहाँले प्रि अडरबाट खरिद गर्नु हुन्छ । कम्पनीले सिधै बिक्रि गर्छ । बिक्रेताकोमा आउँदा धेरै समय लाग्छ । त्यसैले सिधै कम्पनीमा कुरा गरेर अडर गरेर सामान ल्याउनु पर्छ । उहाँले प्रयोग गर्ने एउटा क्यामेराको लेन्सको मात्रै १३ हजार लडर पर्छ । उहाँले प्रयोग गर्ने क्यामेराको बढी वन डिएक्स थ्री भन्ने हो । त्यो डिएसएलआरको सबै भन्दा नयाँ भर्जन हो । त्यसको लेन्सको पनि प्रि अडर गर्नु पर्ने हुन्छ । उहाँले आफूलाई आवश्यक पर्ने सामग्रीहरु प्रि अडरबाट नै किन्ने गर्नु भएको छ ।
उहाँले फोटोग्राफि सुरु गर्दा समान्य क्यामेराबाट नै सुरु गर्नु भएको हो । त्यो बेला उहाँले सबै गरेर करिब ५ लाख रुपैयाँको ग्याजेटबाट फोटो खिच्न सुरु गर्नु भएको थियो । कम लागत र बढी लागतको क्यामेराले फोटोको गुणस्तरमा फरक नपर्ने उहाँको अनुभव छ । केही सामान्य फरक परे पनि खिच्ने सिपमा नै भर पर्ने हाँको भनाइ छ । क्यामेरामा सबै भन्दा महत्वपूर्ण कुरा लाइटिङमा हुन्छ । यसमा क्यामेराम्यानले खेल्न सक्नु पर्ने उहाँ सुनाउनु हुन्छ । वाइल्डलाइफ फोटोग्राफीका लागि विहान ५ बजे पनि खिच्नु पर्छ । अनि साँझमा पनि खिच्नु पर्ने हुन्छ । यसका लागि प्रकाश महत्वपूर्ण हुन्छ । ‘स्कील नै महत्वपूर्ण हो । ग्याजेट स्कील भन्दा महत्वपूर्ण हुन्दैन । क्यामरा चलाउन भने राम्रोसँग जान्नु पर्ने हुन्छ । नेपालको राम्रो फोटोग्राफर भनेर चिने पछि राम्रो ग्याजेट बोक्नु पर्यो । स्ट्याण्डर म्यान्टेन्ट गर्न त्यसो गरिरहेको छु,,’ उहाँले भन्नु भयो ।
वाइल्डलाइफ फोटोग्राफीका विषयमा अध्ययन गरेर नै यो क्षेत्रमा प्रवेश गर्नु भएका शेर्पाले आफूले गर्न सकेको जति गर्नु भयो । उहाँ यो क्षेत्रबाट आफू पूर्ण सन्तुष्ट पनि हुनुहुन्छ । ग्याजेटको विषयमा भारतमा पनि उहाँको जस्तो ग्याजेट प्रयोग गर्नेहरु १२÷१५ जना जति रहेको उहाँले सुनाउनु भयो । हिमालमा जाँदा र तराइ, पहाडमा जाँदाको तयारी फरक हुन्छ । विद्युत नहुने क्षेत्रमा जाँदा त्यहि अनुसारको सामग्री लिएर जानु पर्ने हुन्छ । जुन आफैँमा निकै चुनौति पूर्ण काम हो । क्यामेराको ब्याट्रि जार्च गर्नका लागि इन्भटर नै बोक्नु पर्छ । खानेकुराहरु पनि बाहिरबाट झिकाउनु पर्छ । हाइ अल्टीच्युड खानेकुरा पनि बोकेर जानु पर्ने हुन्छ । यत्रो काम गर्नका लागि निकै महंगो पर्ने भएकाले यो क्षेत्रमा लाग्नेहरु पनि निकै कम मात्रै छन् । हप्ता महिना दिनसम्मको लागि आवश्यक पर्ने सबै कुरा बोकेर जानु पर्ने यो क्षेत्रमा शेर्पाले आफूले गर्नु पर्ने धेरै बाँकी रहेको बताउनु हुन्छ ।
तराइमा जाँदा ग्यास, स्टोफ, एक हप्ता होटल नभएको क्षेत्रमा पुग्दा पनि गाडीमा खाद्यान्न बोकेर उहाँ जानु हुन्छ । उहाँको गाडीमा एकसेट सबै कुरा हुन्छ । गाइडहरुका लागि पनि खाने कुराको व्यवस्था गर्नु पर्ने हुन्छ । उहाँहरुका लागि खाना खाने कुनै निश्चित समय हुँदैन । जहाँ भोक लाग्यो त्यहाँ गाडी साइट लगाएर खानेकुरा बनाएर खानु पर्छ । क्षेत्र अनुसारको पोशाक पनि बोकेर जानु पर्ने हुन्छ ।
मनाङमा खिचिएको हिउँ चितुवाको फोटोको विवषयमा उहाँले विश्व बन्यजन्तु कोषमा पनि प्रिजेन्टेशन गर्नु भएको छ । कोभिडको समयमा भएकाले उहाँले जुम मार्फत आफ्नो प्रिजेन्टेशन गर्नु भएको थियो । उहाँ फोटोग्राफिको सिलसिलामा विदेश पनि पुग्नु भएको छ । उहाँ ५ दिनको सेमिनारका लागि बैंकक पुग्नु भयो । त्यस पछि फोटो खिच्नकै लागि उहाँ अफ्रिका पनि पुग्नु भयो । अफ्रिकाको तान्जेनियका विभिन्न निकुञ्जमा पुगेर त्यहाँका जनावरको फोटो पनि खिच्नु भयो । त्यहाँ उहाँले सर्वल क्याटको फोटो खिच्नु भयो । जुन त्यो ठाउँका लागि दुर्लभ जनावर हो । त्यो पनि उहाँले निकै नजिकबाट स्तरिय फोटो खिच्न सफल हुनु भयो । त्यस पछि भने विदेश जानु भएको छैन ।
केही समयमा उहाँ अमेरिकाका विभिन्न निकुञ्जहरुमा फोटो खिच्नका लागि जाने तयारीमा हुनुहुन्छ । उहाँ अमेरिकाको एलो स्टोन राष्ट्रिय निकुञ्जमा गएर फोटो खिच्ने योजनामा हुनुहुन्छ । त्यो संसारकै निकै पुरानो निकुञ्ज हो । त्यहाँ हाम्रो नेपालमा नपाइने जनावरहरु पनि छन् । त्यहाँबाट उहाँ पाकिस्तानको लदाख्ख हुँदै श्रीलङ्का जाने योजनामा हुनुहन्छ । एउटा अन्तराष्ट्रिय स्तरको फोटोग्राफर भनेर चिनिनका लागि नेपालमा मात्रै फोटो खिचेर नपुग्ने उहाँ बताउनु हुन्छ । जसका लाग उहाँ नेपाल बाहिर गएर पनि आफ्नो कला देखाउनु हुन्छ ।
उहाँले सकेसम्म आफ्नो देशमा भएको फोटो देखाएर पर्यटन प्रवद्र्धनमा लाग्ने बताउनु हुन्छ । यदि सिरिङघिटीको फोटो खिचेर हाल्दा त्यहाँको पवद्र्धन हुन्छ । नेपालमा पाइने स्थान र जनावरको फोटो हाल्दा नेपालको पर्यटनमा टेवा पुग्ने उहाँ बताउनु हुन्छ । राम्रो फोटो खिच्न सकियो भने उहाँ निकै आनन्द मिल्ने उहाँ सुनाउनु हुन्छ । आम सर्वसाधराणले चिनेका छन् । त्यो पनि फोटो खिचेकै कारण । सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका हुन्छन् । जसले उहाँलाई थप उत्प्रेरित गर्दछ । उहाँ सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । जहाँ उहाँलाई निकै सकारात्मक प्रत्तिक्रिया आइरहेका हुन्छन् ।
उहाँलाई फोटो खिच्नका लागि राज्यले सबै निकुञ्जमा निशुल्क प्रवेश दिएको छ । जहाँ उहाँले फोटो खिचे पछि एकप्रति निकुञ्जलाई दिनु हुन्छ । उहाँले खिचेका फोटोहरु निकुञ्जले पनि प्रयोग गर्न पाउँछन् । उहाँलाई सरकारी क्षेत्रबाट पनि सम्मान मिलिरहेको छ । अहिलेसम्म उहाँले नेपाल सरकारसँग सहयोग पनि माग्नु भएको छैन् । माग्नु पर्ने अवस्था नआएको उहाँकाले माग्नु पर्ने अवस्था आएमा सहयोगको लागि पहल गर्नु पर्ने उहाँ बताउनु हुन्छ ।
उहाँ नयाँ पुस्ताले म्यासेज गरेर फोटोग्राफिका विषयमा जानकारी लिने गरेको सुनाउनु हुन्छ । उहाँसँग ग्याजेटदेखि सिक्नु पर्ने विषयमा युवाहरुले सोध्ने गरेका छन् । इच्छाशक्ति र मेहनतको सहारा लिए, उमेरको कुनै हद हुँदैन भन्ने उहाँको अनुभवले बताउँछ । र यसले नयाँ पुस्तामा छुट्टै उत्साह र उर्जा भर्न मद्दत मिलेको छ । चुङवा शेर्पाको जीवनको यो यात्रा, इच्छाशक्तिको एउटा अद्भुत उदाहरण हो, जसले हरेकलाई आफूभित्रको साहसलाई उजागर गर्न प्रेरित गर्दछ ।