
काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीका सेयर सदस्यको बचत सुरक्षण को लागि बीमा गर्नुपर्ने बताए । उनले सहकारी परिसर, बजारमा संकलन गरेको रकम र सहकारी कार्यालयबाट बैंकसम्म जाँदा हुने लुटपाट वा हराउने खतरालाई मध्यनजर गरेर बीमा गर्न सकिने बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स लुम्बिनी प्रमुख विश्वदीप नेपालले सहकारीको रकमको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । रात्रि बासको जोखिम, कार्यालय मै गएर तोडफोड गरेर रकम चोरी गर्ने, थर्काएर नगद कब्जा गर्ने जस्ता घटना हुने क्षतिका लागि बीमा गर्न आवश्यक रहेको उनले बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स तानसेन शाखाका प्रमुख करुणा काफ्ले र रामपुर शाखा प्रमुख डोल प्रसाद श्रेष्ठ कृषि पशु पंक्षि तथा जडिबुटी बीमाका बारेमा सहजीकरण गरेका थिए । सचिव कृष्ण भट्टराई सहकारी संघका अध्यक्ष भूपति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका संचालक समितिका पदाधिकारी र व्यवस्थापक गरी उल्लेख्य सहभागिता रहेको थियो । संघका उपाध्यक्ष कृष्ण प्रसाद भुसालले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्ण भट्टराईले संचालन गरेका थिए ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम