
काठमाडौं । सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरेका छन् । नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सङ्घका पर्यटनविज्ञ आङछिरिङ शेर्पाले क्यानाडाले नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पूर्वाधार, जलविद्युत् र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले भने, “क्यानडेली पर्वतारोही र पर्यटकहरूको निरन्तर आगमनले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको छ । साथै, क्यानडाको सर एडमन्ड हिलारी फाउन्डेसनले खुम्बु र हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासमा उल्लेखनीय योगदान दिएको छ ।”
पर्यटनविज्ञ शेर्पाले हिमालय नेपालका लागि केवल भौगोलिक संरचना मात्र नभई सभ्यता, संस्कृति र भविष्यको आधार भए पनि आज जलवायु परिवर्तनका कारण तीव्र रुपमा हिमनदी पग्लिने, हिमताल फुट्ने जोखिम बढ्नु चिन्ताजनक रहेको धारणा राखे । “हिमालयको संरक्षण गर्नु भनेको मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो । क्यानडाजस्ता मित्रराष्ट्रसँगको सहकार्यमार्फत दिगो विकास, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण सम्भव छ”, उनले भने । यसैगरी सङ्घका संरक्षक, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पर्वतारोहण पर्यटनमा क्यानडाको चासो रहँदै आएको बताउँदै हिमताल जोगाउने विषयमा नेपालको मात्र नभई विश्वकै चिन्ता रहेको बताए । उनले आगामी दिनमा हिमाल जोगाउने विषयमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल र क्यानाडाले विश्वस्तरका सामाजिक र मानवीय मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सङ्घका अध्यक्ष निरोज मास्के, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सङ्घका पूर्वअध्यक्ष इन्जिनियर केशव कुँवर, सदस्य देवेश ढुङ्गाना, सगरमाथा आरोही शेर्पाले आफ्नो धारणा राखेका थिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह