
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् ।
खेतमा धान राप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताइन् । उनले पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने गरेको सुनाइन् । वनकरिया समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।
चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । ‘हाम्रो सासू, ससुराले धान रोप्ने गर्नुहुन्थ्यो, किनकी उहाँहरू जङ्गलमा बस्ने गर्नुहुन्थ्यो, तर अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं’, उनले भनिन्, ‘हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैँसी र बाख्रा पालेका छौँ ।’ उनका दुई छोरा, श्रीमानसहित चार जनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
त्यसैगरी चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त छन् । उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नको लागि कोही पनि नबोलाउने भएका कारण उनीहरू एक अर्काको पर्म गर्ने गरेको उनी बताउँछिन् ।
समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै उठेर बीउ काट्ने गर्छिन् । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनले सुनाइन् । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्यादाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ । आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूको लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उनको भनाइ छ । उनका अनुसार समुदायलाई विसं २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षको लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।
वनमरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो, भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू