
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यो साताको अन्तिम कारोबार हुने शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
यो साता सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको छ । साताको पहिलो कारोबार दिनको तुलनामा अन्तिम कारोबार दिनमा सुनको मूल्य ४ हजार २०० रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ । साताको पहिलो दिन प्रतितोला १ लाख ७० हजार ३०० रूपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला १ लाख ७० हजार ४०० रूपैयाँ पुगेको थियो । त्यस्तै मंगलबार भने सुनको मूल्य घटेर १ लाख ६९ हजार ९०० रूपैयाँमा झर्याे । त्यसपछि भने बुधबार सुनको मूल्य पुनः महंगिएर १ लाख ७० हजार ५०० रूपैयाँ पुग्यो । बिहीबार होलीको दिनमा भने सार्वजनिक विदा भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अपडेट गरेन् । तर, शुक्रबार भने सुनको मूल्यमा भारी वृद्धि भयो । यो दिन सुन तोलामा नै ४ हजार रूपैयाँले बढेर तोलाको १ लाख ७४ हजार ५०० रूपैयाँ पुगेको हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार तोलाको १ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व