एनएमबि बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले यी सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको अवधि भित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि आवेदन परेमा बिक्रीकर्ता सँगको आपसी सहमतिमा खरीद बिक्री प्रक्रिया अघि बढाइने र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार