
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा साढे ४१ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य वृद्धि देखिएको हो ।
कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतको बढेर ४१ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँबाट ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.४८ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ९ अर्ब २० करोड २९ लाख रुपैयाँ रहेको थियो ।
बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि ८.६३ प्रतिशतले वृद्धि भई १४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ४९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँमा रहेको छ । महाविपत्ति कोष १४.४१ प्रतिशतले वृद्धि भई ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यद्यपि कम्पनीको जगेडा कोषमा भने अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतको गिरावट आएर ५२ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.८० रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२०.१३ रुपैयाँ रहेको छ ।













समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर