
पाल्पा । प्रेम दिवसको दिन तानसेनको मखन टोलमा खाना महोत्सव हुने भएको छ । मखन टोल टोल विकास संस्था तानसेन ४ पाल्पाले तानसेन बजारको आर्थिक चलायमान गराउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसका दिन खाना महोत्सव गर्न लागेको संस्थाका अध्यक्ष ज्ञानु कार्किले बताइन् ।
स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिने खाना महोत्सव सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नारा सहित खानाका परिकारहरूको स्टल रहने कार्किले जानकारी गराइन् । कार्यक्रमा वडा नं. ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले खाना महोत्सव प्रवद्र्धनका लागि वडाले २ लाख रुपियाँ बजेट विनियोजन गरेको बताए । उनले महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्री वितरण गरिने जानकारी दिए । वडा अध्यक्ष शाक्यले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्नुका साथै समग्र जिल्लामै पर्यटन प्रवद्र्धन हुने विस्वास लिएको बताए ।
महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने भेषभुषा, सास्कृतिक कार्यक्रम, स्थानीय लाखे नाच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती तथा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा ६० वटा स्टलहरु भाडामा उपलब्ध हुने छ । प्रति स्टल होटल तथा रेष्टुरेण्टलाई २ हजार, व्यक्तिगत तथा सामुहिक स्टललाई १ हजार ५ सय, तरकारी तथा फलफूललाई १ हजार र महिलाद्धारा उत्पादित वस्तुलाई २ सय रुपियाँ लिइने आयोजक जानकारी दिएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन