आज नेपाल शेर्पा विद्यार्थी संघको विशेष महाधिवेशन 

काठमाडौं,  नेपाल शेर्पा विद्यार्थी संघको विशेष महाधिवेशन हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ तथा नेपाल शेर्पा संघका संघीय अध्यक्ष  गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा आयोजना हुँदै छ।

संघीय अध्यक्ष छिरिङ शेर्पाका अनुसार कार्यक्रममा सम्पूर्ण शेर्पा विद्यार्थी, युवा, बुद्धिजीवी, समाजसेवी, संघसंस्था, किदुग, अभिभावक लगायत सम्पूर्ण शेर्पा समुदायलाई उपस्थित हुन  निमन्त्रणा गरिएको छ।

कार्यक्रममा  विशेष आकर्षणका रूपमा भाषाशास्त्री किशोर शेर्पाले प्रकाशन गरेको “सजिलो शेर्पा भाषा” पुस्तक विक्रिको लागि उपलब्ध हुने पनि अध्यक्ष छिरिङ्ले बताए।

महाधिवेशन नेपाल शेर्पा संघको संघीय कार्यलय नारायणटारमा आज दिउँसो चैत्र १६ गते १ बजे (शेर्पा टाइम) सुरु हुनेछ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार