
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार परिसूचक १६ दशमलव ९५ अंकले घटेर २६७६ दशमलव १७ विन्दुमा पुगेको हो ।
गत आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज दोहोरो अंकले नै घटेर बन्द भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५७ अंकले घटेर ४४६ दशमलव ६९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । गत आइतबार ७ अर्ब ५६ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर ५६ हजार ५४८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजार दोहोरो अंकले घट्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफका सेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार हुँदा पनि एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य २३४ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५७९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा सकारात्मक सर्किट र १० प्रतिशतले मूल्य घटेमा नकारात्मक सर्किट लाग्छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विशाल बजार कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, यसपत्री हाइड्रोपावर र कुमारी सबल योजना रहेका छन् । मंगलबार रादी विद्युत कम्पनीको सेयर मूल्य पनि ४.२८ प्रतिशत अर्थात् १६ रुपैयाँ ७२ पैसाले बढेर ४०७ रुपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै सयपत्री हाइड्रोको सेयर मूल्य ३१ रुपैयाँ ८२ पैसाले बढेर ७९९ रुपैयाँ ४८ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.१५ प्रतिशतले धेरै हो ।
आजको कारोबार बन्द हुँदा विशाल बजार कम्पनीको सेयर मूल्य २२७ रुपैयाँ ४२ पैसाले बढेर ५ हजार ८२२ रुपैयाँ ९५ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.०६ प्रतिशतले धेरै हो । आज कुमारी सफल योजनाको सेयर मूल्य पनि ३.२८ प्रतिशत अर्थात् ०.३० रुपैयाँले बढेर ९ रुपैयाँ ४६ पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा दुई हाइड्रोपावर र दुई लघुवित्त
मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार भयो । कारोबार भएका कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने पाँच कम्पनीमा दुईवटा हाइड्रोपावर र दुईवटा लघुवित्त छन् । त्यस्तै एउटा म्युचुअल फण्ड रहेको छ ।
आज सेयर बजारमा गुराँश लघुवित्त र उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्त कम्पनी रहेका छन् । त्यस्तै, आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा आरबीबी म्युचुअल फण्ड २ पनि रहेको छ । आज गुराँश लघुवित्तको सेयर मूल्य १७३ रुपैयाँ ७४ पैसाले घटेर २ हजार ९५३ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ५.५६ प्रतिशतले कम हो ।
आज उपकार लघुवित्तको सेयर मूल्य ४.०५ प्रतिशत अर्थात् १३८ रुपैयाँ ४३ पैसाले घटेर ३ हजार २७७ रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य २२ रुपैयाँ २३ पैसाले घटेर ४८९ रुपैयाँ ५८ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.३६ प्रतिशतले कम हो ।
त्यस्तै, दोर्दीखोला जलविद्युतको सेयर मूल्य पनि आज ३.६५ प्रतिशत अर्थात् १४ रुपैयाँ ४१ पैसाले घटेर ३८० रुपैयाँ १० पैसा पुगेको छ । आज आरबीबी म्युच्युअल फण्डको सेयर मूल्य ०.३३ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.५४ प्रतिशतले कम हो ।











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै