
काठमाडौं । हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘स्टेप टुवर्डस् एजुकेसन’लाई निरन्तरता दिएको छ । जसअन्तर्गत एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई आगामी शैक्षिक सत्रका निम्ति आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो ।
बिहीबार एयरलाइन्सले विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बालबालिकाको समग्र स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूका निम्ति तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरेको जनाएको छ ।
एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि ‘स्टेप टुअर्डस् एजुकेसन’ पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकालाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।’
प्रयास नेपालकी अध्यक्ष श्रीमती मणि जोशीले निरन्तर सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दै भनिन्, ‘प्रयास नेपालका लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एयरलाइन्सप्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।’













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह