
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरु गरेको छ । पर्यटन व्यवसायी संघ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो ।
‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पुर्याउने उद्देश्यका साथ पदमार्ग अभियानको सुरुआत गरिएको सङ्घका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिए । उनका अनुसार संघका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालकसहितको टोलीले सुकुटे,थामडाँडस्थित भ्यू टावरदेखि ठोकर्पा बाघभैरवसम्मको पैदलयात्रा सम्पन्न गरेको छ ।
सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष कुमार शाहीका अनुसार उक्त पदमार्गले ठोकर्पास्थित सामुदायिक वन छिचोल्नुपर्छ । अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँँदै थामडाँडासम्म ६ सय मिटर ढुङ्गा कुँदेर पदमार्ग निर्माण गरिएको छ । बन्न बाँकी रहेको तीन किलोमिटर पदमार्ग सामुदायिक जङ्गल हुँदै भ्यु टावरसम्म चाँडै पूरा गर्ने वडाध्यक्ष शाहीले जानकारी दिए ।
सुकुटेमा बास बसेर घुम्न आउने पर्यटकलाई ठोकर्पाको मिलडाँडा, बुद्वपार्क, भ्यु टावर हुँदै चमेरो गुफासम्म पुग्न सकिने सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष अञ्जान खड्का बताउँछन् । त्यस्तै ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, तित्रे महाङ्काल मन्दिर, बाघभैरव, भैँसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरी बस्ती आदि सो क्षेत्रका पर्यटकीयस्थल हुन् ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने