
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात रु चार अर्ब ५० करोड हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको हो ।
बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर कुल २० हजार ७६० हेक्टर जमिनमा चियारोपण गरिएको थियो । त्यस अवधिमा दुई करोड ७० लाख किलोग्राम तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषकहरू छन् ।
अधिकृत पुरीले अघिल्लो आवमा रु तीन अर्ब ६३ करोड बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिए । यसैबीच २९औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बोर्डले जनाएको छ ।
त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया कृषक, मजदुर, सहकारी, उद्योगी÷व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डका अधिकृत पुरीले जानकारी दिनुभयो । यसवर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ दिवस आयोजना हुँदैछ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै