
काठमाडौं । काठमाडौंस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ ।
बुधबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी बारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको जानकारी दिइएको छ । बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् ।
उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । उक्त दिन चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने गरी शान्ति रयाली आयोजना गरिने पनि जानकारी दिइएको छ ।
समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन रयोलीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना सुनाए । सो दिन हायात चौरमा आयोजना हुने औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत समितिले गर्ने भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व