
काठमाडौं । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६६१ दशमलव ६४ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.८७ प्रतिशत अर्थात ४९ दशमलव ७९ अंक घटेर २६११ दशमलव ८५ विन्दुमा पुगेको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स पनि ८ दशमलव ८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ७५ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको कारोबार भएको बजारमा यो साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम ६.७५ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या १४.०७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ११.०४ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ८२ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ४४ अर्ब रुपैयाँ सीमित भएको छ । यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। गत साता ६४२२ दशमलव ८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६८ दशमलव ७९ अंक बढेर ६८९१ दशमलव ६६ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढको छ ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.२० प्रतिशत घटेको छ । गत साता २५४४ दशमलव ७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५७.६८ अंक घटेर २३८७ दशमलव ०९ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३१८ दशमलव ७२ अंक घटेको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू