
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक समक्ष १३ बुँदे माग पत्र पेश गरेको छ । इप्पानको अध्यक्ष सहितको टोलीले नेपाल बिधुत प्राधिरण समक्ष समसामयिक बिषय समेटेर माग पत्र पेश गरेको हो । मागपत्रमा इप्पानका सदस्यले निर्मान गरिरहेका आयोजनामा देखिएका समास्या समाधान गर्न भनिएको छ ।
इप्पानले विगत तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भए पनि नीतिगत तथा कार्यान्वयनगत अनिश्चितताका कारण लगानीको वातावरण प्रभावित भएको उल्लेख गरेको छ ।
नेपाल बिधुत प्राधिरण समक्ष पेश गरिएका माग पत्रमा लामो समयदेखि रोकिएको जलविद्युत आयोजनाहरूको विद्युत खरिद सम्झौता (PPA) तत्काल खुलाउनुपर्ने र आयोजनाको अवस्था हेरी व्यावसायिक सञ्चालन समय बढीमा ५ वर्ष थप गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।
इफ्पानले प्राधिकरणले बनाउने बिधुत प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा प्रवर्द्धकलाई हुने आर्थिक क्षतिको क्षतिपूर्ति दिनुपर्ने, तथा टेक एण्ड पे को अन्त्य गरी विद्युत खरिदको सुनिश्चित गरिनु पर्ने रहेको छ । इप्पानले बिधुत प्रसारण लाईन बनाउने क्षेत्रलाई समेत सहभागी गराउन, ह्विलिङ चार्ज वैज्ञानिक र पारदर्शी बनाउन तथा मुद्रास्फीति र लागत वृद्धिका आधारमा पीपीए दर पुनरावलोकन गर्न माग गरेको छ ।
इप्पानले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंक लगानीका लागि योग्य हुने ‘बैंकएबल’ पीपीए तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने, निजी क्षेत्रका आयोजनाको ग्रिड कनेक्सन प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउनुपर्ने तथा प्राधिकरण र निजी ऊर्जा उत्पादकबीच नियमित संवाद, समस्या समाधान र नीतिगत समन्वयका लागि स्थायी संयुक्त संयन्त्र गठन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।











समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा