
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा खोल्ने तथा आवश्यकताअनुसार बन्द गर्ने व्यवस्थालाई थप लचक बनाउने भएको छ।
मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शाखा सञ्चालनसम्बन्धी नीतिलाई समयानुकूल र व्यावहारिक बनाइने जानकारी दिए।
उनका अनुसार शाखा विस्तार तथा बन्द गर्ने प्रक्रियामा लचकता ल्याइएपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो व्यवसायिक आवश्यकता र सेवा मागअनुसार शाखा व्यवस्थापन गर्न सक्नेछन्। यसबाट बैंकहरूको सञ्चालन तथा प्रशासनिक खर्चमा कमी आउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकले उक्त व्यवस्थाले बैंकिङ क्षेत्रको कार्यक्षमता बढाउनुका साथै स्रोत–साधनको प्रभावकारी परिचालनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै