
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४ रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।
यसैगरी, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू