
काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा अनधिकृत रूपमा रकम सङ्कलन र ठगी भइरहेको भन्दै सर्वसाधारणका लागि विशेष सचेतना सूचना जारी गरेको छ। देशमा परेको विपद्का बेला नक्कली द्रुत सङ्केत (क्युआर कोड) तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी ठगी गरिएका घटनाहरू सार्वजनिक भएपछि केन्द्रीय बैंकले राहत रकम पठाउँदा अनिवार्य रूपमा सतर्कता अपनाउन अनुरोध गरेको हो।
राष्ट्र बैंकका अनुसार चलचित्र वा चलभाष बैंकिङ, वालेट वा अन्तरबैंक रकम भुक्तानी प्रणालीबाट रकम पठाउँदा प्रापकको नाम अनिवार्य रूपमा “Prime Minister Disaster Relief Fund” रहे-नरहेको यकिन गर्नुपर्नेछ। साथै सामाजिक सञ्जाल, इमेल वा सन्देश पठाउने अनुप्रयोगहरूमा आउने अनधिकृत द्रुत सङ्केत स्क्यान नगर्न, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय वा अर्थ मन्त्रालयको अनलाइन सञ्जालमा रहेका आधिकारिक खाता विवरण मात्र प्रयोग गर्न र कसैलाई पनि एकपटक प्रयोग हुने गुप्तसङ्केत (ओटीपी), पिन वा गुप्तशब्द (पासवर्ड) नदिन आग्रह गरिएको छ।
यदि कसैलाई आफू ठगीमा परेको शङ्का लागेमा तत्काल सम्बन्धित बैंक, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा जानकारी गराउन भनिएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम