
चितवन । चितवन जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरूलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरू र जलवायु परिवर्तनमा पशु चौपायाले पार्ने असरका बारेमा जानकारी गराइने छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ । तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरूले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दुध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको विषयमा ज्ञान लिई दुवैको समस्या समाधानका लागि सहयोग पुग्ने बताए । उनका अनुसार यसरी तालिम लिएका पाँच हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने छन् ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको बताए । उनका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पशुपालन अभ्यास सिक्न पाउने छन् । हेफर इटरनेस्नलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा काम गरिएको बताए । यहाँको असल अभ्यासले देशलाइनै नतिजा दिने गरी काम हुने विश्वास उनले व्यक्त गरे ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको बताए । यसका लागि तीनै तहको सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ । बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गरे ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह